नेपाल कल्याण समाज जापानको भलिबल प्रतियोगिताको उपाधि पिरो स्पोर्ट्स क्लबलाई

डिसी नेपाल
३ असार २०८३ २०:१२

काठमाडौं । जापानको पर्यटकीय क्षेत्र हाकोनेमा नेपाल कल्याण समाज जापानको आयोजनामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि पिरो स्पोर्ट्स क्लबले जितेको छ ।

जापानभरबाट १२ टोली सहभागी प्रतियोगितामा ३२ वर्षमाथिका खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा एनवाईएससी जापान उपविजेता बनेको छ। दिनभर चलेको प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट खेलकौशल प्रस्तुत गरेका थिए।

दर्शकहरूको उत्साहजनक उपस्थितिले प्रतियोगितालाई थप आकर्षक, प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाएको थियो। प्रतियोगिताका विजेता टोलीले नगद ३ लाख ११ हजार १ सय ११ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोलीले नगद २ लाख ११ हजार १ सय ११ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ। साथै, उत्कृष्ट खेलाडी, बेस्ट डिफेन्डर, बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा बेस्ट कोचलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो।

जापानका विभिन्न क्षेत्रबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको प्रतियोगिताले खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सद्भावको सन्देश दिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रमुख अतिथिका रूपमा एनआरएनए जापानका अध्यक्ष सुभाश लामिछाने, विशेष अतिथिका रूपमा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष टिकाराम खरेल सहभागी भएका थिए भने विशिष्ट अतिथिका रूपमा एनआरएनए क्षेत्रीय समिति कान्तोका संयोजक दीपक सुबेदी ‘विप्लव’ को उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल कल्याण समाज जापानका संरक्षक तथा संस्थापक अध्यक्ष केशव सुबेदी, संरक्षक जयबहादुर खड्का, संस्थापक महासचिव तथा पूर्वअध्यक्ष सुवर्ण भट्टलगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन नेपाल कल्याण समाज जापानका अध्यक्ष विष्णु शर्मा, वरिष्ठ उपाध्यक्ष कासीराम भण्डारी, उपाध्यक्षहरू कृष्णप्रसाद खरेल र मेघराज सापकोटा, महासचिव खेमलाल सापकोटा ‘राजु’, कोषाध्यक्ष भीमलाल ढकाल, कार्यक्रम संयोजक मनोज केसी तथा सदस्यहरू विनोद बि।सी, प्रभु अधिकारी, सुजन कार्की, शुसिला कार्की, केदार कँडेल, भोजराज लामिछाने, बबिता थापा, अमृत बजगाईं, विकास चालिसे र शंकर दुलाल सक्रिय रूपमा खटिएका थिए।

त्यसैगरी संस्थाका सल्लाहकारहरू निराजन मल्ल, विशाल पाङ्गेनी, सुमन सुबेदी तथा भारत बमले पनि प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आयोजकले जनाएको छ।

नेपाल कल्याण समाज जापानले आयोजना गरेको यस प्रतियोगिताले जापानमा रहेका नेपाली समुदायबीचको एकता, सहकार्य र खेल संस्कृतिलाई अझ मजबुत बनाएको सहभागीहरूको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *