लागुऔषधसहित २३ जना पक्राउ

डिसी नेपाल
६ असार २०८३ १९:०४

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाबाट पाँच, झापा, सप्तरी र कैलालीबाट तीन/तीन, इलाम र धनुषाबाट दुई/दुई, मोरङ, उदयपुर, काठमाडौँ र सुनसरीबाट एक/एक जना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा बरामद गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *