सम्पत्ति शुद्धीकरण विभागद्वारा एमाले नेता विष्णु पौडेलको निवासमा छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निवासमा छापा मारेको छ। पौडेललाई पक्राउ गर्नुअघि विभागको टोलीले आज दिउँसो १ बजे भैंसेपाटीस्थित उनको डेरामा छापा मारेको हो।
स्रोतका अनुसार, विवादित व्यवसायी दीपक भट्टसँग पौडेलको शंकास्पद सम्बन्ध रहेको आशंकामा विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। पछिल्लो समय एमाले उपाध्यक्ष पौडेलको सेयर कारोबार र सम्पत्तिको स्रोतलाई लिएर प्रश्न उठेपछि विभागले सक्रियता देखाएको हो।
पौडेल हाल भैंसेपाटी क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन्। यसअघि उनको आफ्नै घरमा ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएपछि उनी उक्त डेरामा सरेका थिए।
यसअघि, पार्टीको प्रदेशस्तरीय कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई पनि विभागकै निर्देशनमा पक्राउ गरिएको थियो। हाल उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment