शिक्षा क्षेत्रमा देखिएका विकृति हटाउन सरकार गम्भीर बन्नुपर्छ : सभापति पौडेल

डिसी नेपाल
९ असार २०८३ १४:३८

काठमाडौं। विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या र विकृतिप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

समितिको बैठकमा बोल्दै उनले वर्तमान सरकारले शिक्षा क्षेत्रमा देखिएका विभिन्न बेथिति र विकृतिले शैक्षिक सुधारको अभियानलाई थप ओझेलमा पार्ने खोज्यको आरोप लगाए।

उनले भने, ‘क्वान्टिटी’ होइन, ‘क्वालिटी’ लिने बोलामा वर्तमान सरकारले यो कुरालाई बस्ता नगरेर शैक्षिक फाटमा फेरी अनेकै बोथिति र विकृति निम्त्याएर अझै ओझेलमा पार्न खोजेको छ।’

उनले २०३८ र २०४२ सालतिरको शैक्षिक अवस्थाको तुलना गर्दै अहिले देशका दुर्गम गाउँसम्ममा विद्यालय भवन, खानेपानी, खेलमैदान लगायतका भौतिक पूर्वाधार पुगेको बताए। उनले विगतका सरकारहरूले शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गरे।

उनले भने, ‘३८ सालको नेपालको शैक्षिक अवस्था ४२ सालमा नेपालको शैक्षिक अवस्था कस्तो थियो। शिक्षा वास्तवमा पूर्वाधारको को पनि पुर्वधार भएकोले विगतका सरकारहरूले शिक्षा प्राथमिकतामै राखेको थियो।’

उनले आफू विद्यालयमा अध्ययन गर्दाका दिन सम्झँदै त्यतिबेला विद्यालयमा पर्याप्त भौतिक सुविधा नभएको उल्लेख गरे।

उनले भने, ‘हामी पढ्दाको समयमा विद्यालयमा झ्याल, ढोका, खानेपानी र खेल्ने ठाउँसमेत पर्याप्त थिएन । अहिले दुर्गम क्षेत्रका विद्यालयहरूमा समेत भौतिक पूर्वाधार राम्रो बनेका छन् ।’

सभापति पौडेलले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदै देशका उत्कृष्ट विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढ्दो रहेको बताए ।

उनका अनुसार हरेक वर्ष करिब एक लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन्, जसका कारण दुई खर्ब रुपैयाँभन्दा बढी रकम देशबाट बाहिरिने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *