संसदीय दलको बैठकमा ओलीको ब्रिफिङ

डिसी नेपाल
९ असार २०८३ १५:५२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीतिका विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान समसामयिक राजनीतिक अवस्थाका बारेमा सांसदहरूलाई विस्तृत ‘ब्रिफिङ’ गरिरहेका छन्।

हिजो मात्रै सुर्खेतबाट उपाध्यक्ष पौडेल पक्राउ परेपछि एमालेको संसदीय दलको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ। पार्टीको पछिल्लो कदम र सरकारप्रतिको धारणाबारे बैठकमा गहन छलफल भइरहेको जनाइएको छ।

संसदीय दलको बैठकलगत्तै अध्यक्ष ओलीले थप रणनीति तय गर्न आजै साँझ ६ बजे आफ्नै निवास गुण्डुमा पार्टीको ‘सचिवालय बैठक’ पनि बोलाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *