एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

डिसी नेपाल
११ असार २०८३ १२:३८

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बिहीबार सुनुवाइ गर्दै त्यस्तो आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार प्रहरीले सोमबार उनलाई सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो।

पौडेललाई पक्राउ गर्नुपर्ने पर्याप्त कानुनी आधार नभएको जिकिर गर्दै थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग रिट निवेदनमा उल्लेख गरिएको छ। सर्वोच्च अदालतले पौडेललाई पक्राउ गर्न आदेश दिने विपक्षी निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग उनलाई पक्राउ गर्नु पर्नाको लिखित कारण माग गरेको हो।

उक्त कारणसहितको लिखित जवाफ पेस भएपछि अर्को पेसीमा आवश्यक निर्णय लिइने कुरा सर्वोच्च अदालत स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *