लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस: विश्वभर जनचेतना फैलाइँदै
काठमाडाैं। लागुऔषधले समाजमा पारिरहेको गम्भीर र नकारात्मक असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक विशेष प्रस्ताव पारित गरेपछि हरेक वर्षको जुन २६ तारिखलाई यो दिवसका रूपमा मनाउन प्रारम्भ गरिएको हो।
लागुऔषध दुरुपयोगमुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने दीर्घकालीन लक्ष्यका साथ विश्वभर अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई अझ सुदृढ बनाउने प्रतिबद्धतास्वरूप यो दिवस मनाउने गरिन्छ।
हालैका दशकहरूमा विश्वभर लागुऔषधको प्रयोग र बजारमा यसको उपलब्धता निरन्तर बढिरहेको प्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ।
विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा तीव्र वृद्धि भइरहेको छ भने अर्कातर्फ कम लागतमा उत्पादन गर्न सकिने तथा सजिलै पत्ता लगाउन कठिन हुने कृत्रिम लागुऔषधको अवैध कारोबार पनि दिनानुदिन विस्तार भइरहेको छ।
यस्तो संवेदनशील अवस्थामा समाजलाई लागुऔषधको चपेटाबाट जोगाउन र यसको अवैध ओसारपसारलाई नियन्त्रण गर्न सामूहिक चेतना र एकीकृत प्रयासको आवश्यकता झन् बढेर गएको छ।






डिसी नेपाल





Facebook Comment