भूकम्पको ३ दिनपछि भग्नावशेषबाट उद्धार गरिएकी महिलाले आफूलाई बचाइन् ?

डिसी नेपाल
१२ असार २०८३ १५:४७

काठमाडौं । भेनेजुएलाको ला गुएरामा रहेको एक भवनको भग्नावशेषबाट एक महिलाको उद्धार गरिएको छ। बुधबार साँझ आएको विनाशकारी भूकम्पको भग्नावशेषमुनि ग्रासिएला मोरा फसेकी थिइन्।

आपतकालीन सेवा कर्मचारी र स्वयंसेवकहरूले उद्धार गर्दा उनी पूर्ण रूपमा होशमा थिइन्।

स्ट्रेचरमा सुतिरहेको बेला, उनले भवन पूर्ण रूपमा भत्किए पनि भूकम्पबाट कसरी बच्न सफल भइन् भनेर पनि बताइन्।

उनले भने, “भूकम्प आउँदा मैले मेरो सम्पूर्ण शक्ति लगाएर ढोकाको फ्रेम समातेँ। फ्रेममा कडा पकड भएको कारण मेरो औंला भाँचियो। सम्पूर्ण भवनको भुइँ भत्किँदासम्म मैले ढोकाको फ्रेमलाई समातेँ।”

उनले आफ्नो बचाउको बारेमा थप भनिन्, “मैले कसैको हात देखेँ र समातेँ।”

स्थानीय समय अनुसार बुधबार साँझ भेनेजुएलामा गएको ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पमा परी अहिलेसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४,३०० जना घाइते भएका छन्।

भूकम्पपछि राहत तथा उद्धार टोलीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई उद्धार गर्न निरन्तर काम गरिरहेका छन्।

राजधानी काराकास र ला गुएरामा भत्किएका भवनहरूको भग्नावशेष मुनिबाट मद्दतको लागि कराएको अझै सुनिँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *