सवारी दुर्घटनामा दुई जनाको मृत्यु

डिसी नेपाल
१२ असार २०८३ १७:२७

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको बोलेरो जीप अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार सोही नगरपालिका-७ बस्ने ३५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका जीपमा सवार १७ जनालाई थप उपचारको लागी पोखरा रिफर गरिएको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहाको नरहा गाउँपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट धनुषा मिथिला नगरपालिका-१० प्रगती टोल घर भएका ६० वर्षीय विष्णु प्रसाद न्यौपानेको शुक्रबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरी हाल फरार सवारी साधनको खोजी गरिरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *