फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

डिसी नेपाल
१४ असार २०८३ १९:२१

काठमाडौं । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार विमान दुर्घटना हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको छ।

न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ११ जना भएको हो।

फ्रान्सेली टेलिभिजन बिएफएमटिभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर रहेका छन्।

दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले घटनाको वास्तविक समयमै निगरानी तथा समन्वय गर्न विभागीय सञ्चालन केन्द्र सक्रिय पारिएको जानकारी दिए। यसमा सबै सम्बन्धित उद्धार तथा आपतकालीन सेवाहरू परिचालन गरिएको जनाइएको छ।

राष्ट्रिय प्रहरीले उद्धार तथा सुरक्षाकर्मीलाई सहज रूपमा काम गर्न सक्ने वातावरण बनाउन सर्वसाधारणलाई दुर्घटनास्थलमा नजान र त्यस क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। सिन्ह्वा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *