राष्ट्रियसभाको बैठक आज बस्दै, अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक’ प्रस्तुत गर्ने
काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (सोमबार) अपराह्न १२:१५ बजे बस्दैछ। सिंहदरबारमा बस्ने यस बैठकका लागि सम्भावित कार्यसूची समेत तय भइसकेको छ।
आजको बैठकमा विशेष गरी बजेट तथा विनियोजन प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment