मेक्सिको विश्वकपको अन्तिम १६ मा प्रवेश: इक्वेडर २-० ले पराजित
काठमाडौं। घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गरी २०२२६ फिफा विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
मेक्सिको सिटीको एस्टाडियो एज्टेकामा सम्पन्न यस रोमाञ्चक खेलले मेक्सिकोको नकआउट चरणको यात्रालाई थप बलियो बनाएको छ। भारी वर्षा र आँधीका कारण एक घण्टा ढिलो सुरु भएको खेलमा मेक्सिकोले सुरुदेखि नै इक्वेडरमाथि दबाब कायम राखेको थियो।
खेलको २२औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ९ मिनेटपछि ३१औँ मिनेटमा राउल जिमेनेजले शानदार गोल गर्दै अग्रता दोब्बर पारे।
इक्वेडरले खेलमा फर्कने केही प्रयास गरे पनि मेक्सिकोको बलियो रक्षापङ्क्ति र गोलकिपर राउल रान्जेलको उत्कृष्ट प्रदर्शनसामु उनीहरू असफल रहे। खेलको अन्त्यतिर इक्वेडरका पिएरो हिन्कापिएले रातो कार्ड खाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
यस जितसँगै मेक्सिको अब क्वार्टरफाइनल प्रवेशका लागि इङ्गल्याण्ड वा डेमोक्रेटिक रिपब्लिक कंगो विरुद्ध मैदानमा उत्रिनेछ। मेक्सिकोको टोली यस विश्वकपमा अहिलेसम्म एक गोल पनि नखाई शतप्रतिशत जितको लयमा छ, जसले घरेलु समर्थकहरूमा उपाधिको आशा जगाएको छ। उक्त महत्वपूर्ण खेल आउँदो जुलाई ५ मा हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment