सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, एक घाइते
उदयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ मदनभण्डारी लोकमार्गको फुस्रे भन्ने ठाउँमा बिहीबार विपरीत दिशाबाट आइरहेको दुई सवारी ठोकिएर दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बिहबिार दिउसो २ः४५ बजे उदयपुरगढी गाँउपालिका वडा नम्बर ०७ फुस्रे स्थित मदन भण्डारी लोकमार्गमा गाईघाटबाट कटारीतर्फ जाँदै गरेको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो।
सो दुर्घटनामा परेर मोटरसाईकल चालक उदयपुरगढी गाँउपालिका वडा नम्बर ३ बस्ने वर्ष २८ को एम बहादुर बि.क घाइते भई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर स्थित सुविधा सम्पन्न अस्पताल रेफर भएका छन्।
सोही मोटरसाईकलको पछाडी सवार निजकै श्रीमती वर्ष २८ की एमुना बिक गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा ३ः४० बजे सोही अस्पतालका चिकित्सकले मृत घोषणा गरेका छन्।
घटनास्थलमा अस्थाई प्रहरी पोष्ट नेपालटार र चुहाडेबाट खटिएको प्रहरी टोलीले ट्रक चालक जिल्ला सप्तरी सुरुङगा नगरपालिका वडा नं १ बस्ने बर्ष ४४ को एक बहादुर खड्का नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।






डिसी नेपाल





Facebook Comment