सुन तोलामा एकैदिन ७,२०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

डिसी नेपाल
१९ असार २०८३ ११:१३

काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा अत्यधिक वृद्धि भएको छ।

बिहीबारको तुलनामा आज शुक्रवार सुनको मूल्य प्रतितोलामा एकैचोटि सात हजार दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोलामा एक सय ६५ रुपैयाँले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य आकाशिएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नवीनतम तथ्यांक अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, प्रतितोला सेतो धातु अर्थात् चाँदीको मूल्य चार हजार छ सय १५ रुपैयाँ कायम भएको छ। यसअघि हिजो बिहीबार बजारमा छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला चार हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

विश्व बजारमा देखिएको आर्थिक तथा राजनीतिक उतारचढावका कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार एक सय ७९ अमेरिकी डलर पुगेको छ।

यसैगरी चाँदी पनि प्रतिऔँस ६२ अमेरिकी डलरको उच्च विन्दुमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा लगातार डलरको तुलनामा सुन बलियो बन्दै गएकाले आगामी दिनमा पनि स्थानीय बजारमा मूल्य थप बढ्न सक्ने व्यवसायीहरूले अनुमान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *