राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको ऋणपत्र आह्वान

डिसी नेपाल
२३ असार २०८३ ११:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ। केन्द्रीय बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै ‘ऋणपत्र २०८४ ङ’ का लागि अनलाइनमार्फत बोलकबोल गर्न सकिने जानकारी दिएको हो।

यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। इच्छुक काउण्टरपार्टीहरूले बोलकबोल गर्दा आफूले लिन चाहेको रकम र प्रस्ताव गर्न खोजेको ब्याजदर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

ब्याजदर प्रस्ताव गर्दा दशमलवपछिको हकमा चार अंकसम्म खुलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

बैंकका अनुसार यस ऋणपत्रका लागि न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। बढीमा भने ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कूल आह्वान गरिएको २५ अर्ब रुपैयाँको सीमाभित्र रहेर वित्तीय संस्थाहरूले बोलकबोल गर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *