पशुपति क्षेत्रका जात्राको आफ्नै मौलिक महत्व छ : सुनिता डङ्गोल

डिसी नेपाल
२४ असार २०८३ १९:३७

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल त्रिशूल जात्रामा सहभागी भएकी छन्।

जात्रामा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै डङ्गोलले काठमाडौं उपत्यकामा मनाइने प्रत्येक जात्राको आफ्नै मौलिक महत्व, सांस्कृतिक विशेषता र ऐतिहासिक किवदन्ती रहेको बताइन्।

उनले पशुपति क्षेत्रका विभिन्न जात्रामध्ये त्रिशूल जात्रा पनि परापूर्वकालदेखि निरन्तर मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक परम्परा भएको उल्लेख गरिन्।

उनले भनिन्, ‘हाम्रो ठाउँमा यति धेरै जात्रा हुन्छन्। त्यसमध्ये यो पशुपति क्षेत्रका थुप्रै खालका जात्रा छन्, जुन आफ्नै मौलिक महत्व भएका र छुट्टै खालका किवदन्तीहरू बोकेका जात्रा हुन्। त्यसमध्ये आजको जात्रा पनि एउटा हो। सानोमा हुँदा यहाँको जात्रा पनि हेर्न पाएका थिएनौँ। आज यो जात्रा हेरिरहँदा यो यति परापूर्वकालदेखि आइरहेको जात्रा रहेछ।’

डङ्गोलले आफू सानो हुँदा यो जात्रा प्रत्यक्ष रूपमा हेर्न नपाएको स्मरण गर्दै अहिले प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएको बताइन्। उनले यस्ता परम्परागत जात्राको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण आवश्यक रहेको पनि धारणा व्यक्त गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.