कारागारमा उत्पादित सामग्रीको माग घट्दा बन्दीको आम्दानी प्रभावित
चितवन। कुनै समय कारागारमा उत्पादित मुढा, गलैँचा, झोला लगायतका सामग्रीको बजारमा राम्रो माग थियो। तर पछिल्ला वर्षहरूमा यी सामग्रीको माग घट्दै जाँदा बन्दीहरूको आम्दानी र रोजगारीमा प्रत्यक्ष असर परेको छ।
चितवनस्थित कारागार कार्यालयमा सीपमूलक कार्यमा संलग्न बन्दीहरूले मुढा, गलैँचा र अन्य हस्तकलाका सामग्री उत्पादन गर्दै आएका छन्। उनीहरूका अनुसार विगतको तुलनामा बजारको माग उल्लेखनीय रूपमा घटेकाले उत्पादन र रोजगारी दुवैमा कमी आएको छ।
१३ वर्षदेखि कारागारमा रहेका विकास प्रर्जा (परिवर्तित नाम) का अनुसार पहिले मुढाको राम्रो माग हुने भएकाले उत्पादन पनि बढी हुन्थ्यो। अहिले भने माग घट्दै जाँदा उत्पादन करिब ५० प्रतिशतले कमी आएको छ। “मुढा बुन्ने कामले मानसिक र शारीरिक रूपमा व्यस्त राख्थ्यो, तर अहिले माग नहुँदा काम पनि घटेको छ,” उनले भने। उनका अनुसार पहिले सीमित कारागारमा मात्र यस्तो उत्पादन हुने गरे पनि अहिले विभिन्न कारागारमा सीपमूलक तालिम र उत्पादन विस्तार भएकाले बजारमा प्रतिस्पर्धा बढेको छ। चाडपर्वको समयमा माग बढ्ने आशा भने अझै बाँकी रहेको उनले बताए।
पहिले यस कारागारमा करिब २०० बन्दी मुढा बुन्ने काममा संलग्न रहेकामा अहिले यो संख्या घटेर ७५ मा पुगेको छ। एउटै उत्पादन समूहमा पहिले ४०–४५ जना कार्यरत रहे पनि अहिले १८ जना मात्र बाँकी छन्। केही बन्दी भने मुढा बनाउने काम छाडेर गलैँचा बुन्नतर्फ लागेका छन्।
प्लास्टिकका कुर्सी र मुढाको प्रयोग बढ्दै जाँदा परम्परागत बाँसका मुढाको माग घटे
No ads found for this position


डिसी नेपाल
Facebook Comment