पुनर्निर्माणको पर्खाइमा सनराइज सम्मेलन केन्द्र: आन्दोलनले भत्काएको संरचना अझै कुरुप

डिसी नेपाल
२६ असार २०८३ १२:२६

ललितपुर।  गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा आगजनीको चपेटामा परेको ललितपुरको गोदावरीस्थित ऐतिहासिक सनराइज सम्मेलन केन्द्र अझै पनि पुनर्निर्माणको पर्खाइमा छ।

आन्दोलनकारीको आक्रोश र आगजनीपछि यो भव्य भवन हाल कुरुप र पूर्ण रूपमा प्रयोगविहीन अवस्थामा पुगेको छ।

राज्यको करोडौँ रुपैयाँ लगानीमा निर्माण भएको यो राष्ट्रिय संरचनालाई पुरानै अवस्थामा फर्काउने कुनै पनि काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन।

समयमै मर्मतसम्भार र पुनर्निर्माणको पहल नहुँदा यतिबेला यो आधुनिक सम्मेलन केन्द्र जलेका अवशेषहरू, कालो धुवाँको दाग र क्षतिग्रस्त संरचनाका बीच भग्नावशेष जस्तै बनेर थन्किएको छ।

(तस्बिर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *