ध्रुवे हात्ती नियन्त्रणको प्रयास असफल: फेला नपर्दा डार्ट गर्ने कार्य रोकियो
चितवन। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतंक मच्चाउँदै आएको जंगली ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने निकुञ्जको तयारी अझै सफल हुन सकेको छैन।
निकुञ्जले हात्तीलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने विशेष प्रविधि ‘डार्ट’ गर्ने प्रयास गरे पनि हालसम्म ध्रुवे फेला नपर्दा डार्ट गर्न सकिएको छैन।
हालसम्म २५ जनाको ज्यान लिइसकेको यस जंगली हात्तीले गत शनिबार मात्रै भरतपुर महानगरपालिका-२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई आक्रमण गरी मारेको थियो।
आमाछोराको ज्यान लिएलगत्तै निकुञ्जले यसलाई नियन्त्रणमा लिन २५ जना अनुभवी जनशक्तिको टोली परिचालन गरे पनि ध्रुवे हालसम्म फेला पर्न सकेको छैन।
यसअघि विसं २०७४ मा नेपाली सेनाका सेनानी (मेजर) लाई आक्रमण गरी मारेको ध्रुवेले लामो समयपछि पुनः बस्तीमा छिरेर यी दुई आमाछोराको ज्यान लिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाले जानकारी दिनुभयो। निकुञ्जको टोलीले हात्तीको खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।






डिसी नेपाल





Facebook Comment