देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जना पक्राउ

डिसी नेपाल
२६ असार २०८३ १४:००

काठमाडौं। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचारकक्षले दिएको जानकारी अनुसार गत बुधबार र बिहीबार देशका छुट्टाछुट्टै जिल्लाहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार सबैभन्दा बढी सिरहाबाट चार र झापाबाट तीन जना पक्राउ परेका छन्। यसैगरी जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई/दुई जना तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक/एक जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ।

विशेष टोलीले उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध चरेस, खैरो हेरोइन र गाँजा बरामद गरेको छ।

यसका साथै चिकित्सकको अनिवार्य सिफारिसमा मात्र खरिद-बिक्री गर्न पाइने डाइक्लोमाइन र स्पास्मो जस्ता औषधिजन्य लागुऔषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *