साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ डेढ साता प्रभावित हुने

डिसी नेपाल
२६ असार २०८३ १७:२०

काठमाडौं । आगामी साउन १ गतेदेखि सर्वोच्च अदालतको नियमित सुनुवाइ प्रक्रिया करिब डेढ साताका लागि प्रभावित हुने भएको छ।

प्रत्येक नयाँ आर्थिक वर्षको सुरुवातमा अदालतको लगत सार्ने (केस लगत मिलान गर्ने) परम्परागत अभ्यासअनुसार यस वर्ष पनि नियमित सुनुवाइ रोकिएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार, साउन ११ गतेदेखि मात्रै अदालतमा नियमित सुनुवाइ कार्य पुनः सुरु हुनेछ।

यसअघि यस्तो प्रक्रियाका कारण दुई सातासम्म सुनुवाइ प्रभावित हुने गरेकोमा यस पटक भने ११ दिनमात्र सेवा अवरुद्ध हुने सर्वोच्च प्रशासनले जनाएको छ।

अदालतको नियमित काम कारबाही प्रभावित भए पनि बन्दी प्रत्यक्षीकरण लगायतका केही अत्यावश्यक प्रकृतिका निवेदनमाथि भने निरन्तर सुनुवाइ हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *