गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन, शव बुझ्न अस्वीकार
काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ। शनिबार दिउँसो प्रदर्शनकारीहरूले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध चर्को नाराबाजी गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै विभिन्न नारा लगाएका थिए। प्रदर्शनलाई मध्यनजर गर्दै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
गणेश नेपालीको शव हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पोस्टमार्टमका लागि राखिएको छ। आफन्तहरूले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
यस विषयमा सरकारी पक्ष र पीडित परिवारबीच हिजोदेखि नै वार्ता चलिरहेको छ। यद्यपि, दुवै पक्षबीच अहिलेसम्म सहमति जुट्न सकेको छैन।
No ads found for this position


डिसी नेपाल
Ke ko nyaye magchhau jabarjasti afai galti garne afai ago lagaune ? jasle galat thauma park garchha ani imandar karmachari testa thug lai karbai nagarne ? guilty ho vane kasai le pani maff paudaina, he or she must must get panished. Kp OLi sarkar hoina aba sabai barabar ho, Gukhane sarkar le matrai Yemale ka chor,thug Gunda taskar, Bichaulia.dalal,jhole varautera mashu vat ka vattuwa lai je gare pani maffi aru le nagare pani jhutto arop lagayera fasaune din gaye.