इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश, अतिरिक्त समयमा नर्वे स्तब्ध

डिसी नेपाल
२८ असार २०८३ ६:२१

काठमाडाैं। इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को रोमाञ्चक सेमिफाइनलमा प्रवेश गरेको छ।

मियामी स्टेडियममा भएको अत्यन्तै प्रतिष्पर्धात्मक र रोमान्चक क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त समयमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। यस ऐतिहासिक र सनसनीपूर्ण जितसँगै इंग्ल्यान्डको विश्वकप यात्रा अझ बलियो बनेको छ भने पराजित नर्वेको विश्वकप यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ।

खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए। खेलको ३६ औँ मिनेटमा नर्वेका कप्तान मार्टिन ओडेगार्डको एक उत्कृष्ट पासमा एन्ड्रियास सेल्डरअपले सानदार गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

नर्वेले खेलमा बनाएको यो दबाब लामो समय टिक्न सकेन। पहिलो हाफको इन्जुरी समयको ४५+२ औँ मिनेटमा एन्थोनी गोर्डनको सटिक पासलाई सदुपयोग गर्दै इङ्गल्याण्डका स्टार मिडफिल्डर जुड बेलिङ्घमले गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याए।

दोस्रो हाफमा दुवै टोलीले गोलका थप अवसरहरू सिर्जना गरे पनि बललाई जाली चुमाउन नसक्दा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमै सकियो। त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलियो। अतिरिक्त समय सुरु हुनासाथ ९३ औँ मिनेटमा जुड बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाए।

बाँकी समयमा नर्वेले बराबरी गर्ने प्रयास गरे पनि इङ्गल्याण्डको बलियो रक्षापंक्तिले त्यसलाई असफल तुल्याइदियो र इंग्ल्यान्डले सेमिफाइनलको टिकट पक्का गर्‍यो। दुई गोल गर्दै टोलीलाई जिताएका बेलिङ्घम खेलका नायक बने भने उत्कृष्ट खेल प्रदर्शन गरेर पनि नर्वे प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *