म्याक एलिस्टरको गोलमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता

डिसी नेपाल
२८ असार २०८३ ७:१५

काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को सुरुवाती अग्रता बनाएको छ। नकआउट चरणको यस निकै महत्त्वका साथ हेरिएको खेलमा अर्जेन्टिनाले खेलको सुरुदेखि नै बलियो पकड बनाउँदै विपक्षी टोलीमाथि निरन्तर दबाब सिर्जना गरिरहेको छ।

खेल सुरु भएको १०औँ मिनेटमै अर्जेन्टिनाले खेलमा अग्रता लिन सफल भएको हो। कप्तान लियोनल मेसीले उत्कृष्ट फ्रिकिक प्रहार गर्दै बललाई पेनाल्टी बक्सभित्र पुर्‍याएका थिए, जसलाई बक्सभित्र तयारी अवस्थामा रहेका २० नम्बर जर्सीका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरले आकर्षक हेडमार्फत् जाली चुमाएका हुन्। म्याक एलिस्टरको यो सानदार गोलसँगै स्टेडियममा उपस्थित हजारौँ अर्जेन्टिनी समर्थकहरू उत्साहित बनेका छन्।

सुरुवाती गोल खाएपछि स्विट्जरल्यान्ड खेलमा फर्कने प्रयास गरिरहेको छ भने अर्जेन्टिना आफ्नो अग्रतालाई अझ फराकिलो बनाउने रणनीतिसहित मैदानमा आक्रामक रूपमा प्रस्तुत भइरहेको छ। दुवै टोलीका लागि सेमिफाइनल यात्रा तय गर्न यो खेल निकै निर्णायक मानिएकाले कान्सास सिटीमा खेलको रोमान्चकता झन् झन् बढ्दै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *