दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
काठमाडौं । चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी निरौलाको शल्यक्रिया गरिएको हो।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया सम्पन्न गरेको हो। अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
शल्यक्रियाका क्रममा मस्तिष्कबाट निकालिएको ट्युमरको प्रकृतिबारे बुझ्नका लागि त्यसलाई परीक्षण (बायोप्सी)का लागि प्रयोगशाला पठाइएको छ। उक्त ट्युमर क्यान्सरयुक्त हो वा होइन भन्ने कुरा रिपोर्ट आएपछि मात्र स्पष्ट हुने चिकित्सकहरूले जनाएका छन्।
नेपाली कला क्षेत्रमा दशकौँदेखि सक्रिय दीपाश्री निरौला कुशल अभिनयका अतिरिक्त सुपरहिट चलचित्रहरूको निर्देशनका कारण परिचित छिन्।






डिसी नेपाल





Facebook Comment