दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते
पहिरोमा बेपत्ता भएकाको खोजी कार्य
दमौली (तनहुँ), २२ असारः
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्य गरिँदै । पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याङ्पोलमा आइतबार राति गएको पहिरोमा परी ४ महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्।
प्रहरीका अनुसार माइतीबाट घर फर्कने क्रममा राति करिब ९ बजे सडकमाथिबाट खसेको पहिरोले च्याप्दा कालिञ्चोक–१ क्याङ्पोल निवासी १९ वर्षीया शर्मिला थामी र उनकी ४ महिनाकी छोरी एलिना थामी पहिरोमा परेका थिए।
स्थानीयले घटनाको जानकारी पाउनासाथ तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याएका थिए। अस्पताल लैजाने क्रममा बाटोमै एलिनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकी आमा शर्मिला थामीको धुलिखेलमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ। घटनाको थप विवरण आउन बाँकी छ।






डिसी नेपाल





Facebook Comment