मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पहिरोले अवरुद्ध, यात्रुहरू अलपत्र

डिसी नेपाल
३० असार २०८३ १०:३३

ढोरपाटन (बागलुङ)। सोमबारदेखि जारी अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका-६ इनारपानी क्षेत्रमा आज बिहान ठूलो पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार सडकमा पहिरोसँगै ठूला ढुङ्गाहरू समेत खसेर अडिएकाले तत्कालै बाटो खुलाउन सक्ने अवस्था छैन। राजमार्ग अवरुद्ध भएसँगै बागलुङबाट पोखरा र काठमाडौँका लागि छुटेका सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्।

यसैगरी काठमाडौँदेखि बागलुङको बुर्तिबाङ, रोल्पा, रुकुम र डोल्पालगायतका पश्चिम नेपालका विभिन्न गन्तव्यका लागि गुडेका लामो दूरीका यात्रीबस तथा अन्य सवारीसाधनहरू सडकमै अलपत्र परेका छन्।

प्रहरी नायब उपरीक्षक त्वातीले सडक पन्छाउन केही समय लाग्ने देखिए पनि अवरोध हटाएर सडक सञ्चालन गराउने प्रयास निरन्तर भइरहेको जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *