राष्ट्रियसभा बैठक बस्दै

डिसी नेपाल
३१ असार २०८३ ९:५६

काठमाडौं । राष्ट्रियसभा बैठक आज बुधबार बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन, सिंहदरबारमा आयोजना हुने भएको हो ।

आजको बैठकमा विभिन्न संसदीय कार्यसूचीमाथि छलफल हुने जनाइएको छ । बैठकको मुख्य कार्यसूचीअन्तर्गत प्रधानमन्त्री बालेन शाहले महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ ।

उक्त प्रतिवेदनमा महान्यायाधिवक्ताको कार्यालयबाट गत आर्थिक वर्षमा सम्पादन गरिएका काम, मुद्दा मामिलाको अवस्था, कानुनी परामर्श तथा सरकारी वकिल सेवासम्बन्धी गतिविधिहरू समेटिएका छन् ।

राष्ट्रियसभा बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि आवश्यक छलफल तथा जानकारी लिइनेछ । संसद् सचिवालयले बैठकका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।

यसअघि पनि राष्ट्रियसभाका बैठकहरूमा सरकारका विभिन्न प्रतिवेदन, विधेयक तथा समसामयिक विषयमा छलफल हुँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *