सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो, समर्थन फिर्ता लिने निर्णय

डिसी नेपाल
३१ असार २०८३ १६:०५

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको छ। नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले पनि सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय लिएको हो। मुख्यमन्त्री शाहले आफ्नो मन्त्रिपरिषद्मा रहेका एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि एमाले आक्रोसित देखिएको हो।

मुख्यमन्त्रीको पछिल्लो कदमपछि आज बसेको एमाले संसदीय दलको बैठकले सरकारबाट औपचारिक रूपमा समर्थन फिर्ता लिने निर्णय गरेको हो।

एमालेको यो निर्णयसँगै मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *