कर्तव्य ज्यान मुद्दामा उच्च अदालतको फैसला उल्टियो, पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त

डिसी नेपाल
३२ असार २०८३ १८:००

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–२ निवासी पूर्व सांसद लक्ष्मी महतो कोइरी कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।

यसअघि महोत्तरी जिल्ला अदालतले प्रारम्भिक सुनुवाइ गर्दै उनलाई उक्त मुद्दामा सफाइ दिएको थियो। सो फैसलाविरुद्ध नेपाल सरकारले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई ५ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। उच्च अदालतको उक्त आदेश कार्यान्वयनका क्रममा कोइरीलाई पक्राउ गरी कारागार कार्यालय जलेश्वर चलान गरिएको थियो।

यसैबीच, सर्वोच्च अदालतबाट २०८३ असार ३२ गते जारी भएको पत्रमा लक्ष्मी महतो कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने कानुनी आधार नरहेको उल्लेख गर्दै तत्काल रिहा गर्न कारागार प्रशासनलाई निर्देशन दिइएको थियो।

सर्वोच्च अदालतको सोही आदेशको कार्यान्वयन गर्दै महोत्तरी जिल्ला अदालत र कारागार कार्यालय जलेश्वरले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि पूर्व सांसद कोइरी थुनामुक्त भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *