कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

डिसी नेपाल
३२ असार २०८३ १८:५७

बुटवल । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कुटपिटको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालत, कपिलवस्तुले बिहीबार प्रहरीलाई सांसद शाहलाई पक्राउ गर्न अनुमति दिएको हो।

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्माले आफूमाथि भएको साङ्घातिक आक्रमणमा सांसद शाहको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएका थिए। पीडित शर्माको दाबी अनुसार, सांसद शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूहले आफ्नो निवासमै प्रवेश गरी अन्धाधुन्ध कुटपिट गरेका थिए।

सांसद शाहविरुद्ध मुद्दा दर्ता भएसँगै कानुनी प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

यसअघि पीडित पक्षले जाहेरी दिन खोज्दा प्रहरीले आलटाल गरेको आरोप लगाएका थिए। हाल अदालतबाट अनुमति प्राप्त भएसँगै प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *