धादिङको जवाङखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

डिसी नेपाल
३२ असार २०८३ २०:४१

काठमाडौं । धादिङको जवाङखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा बन्द भएको छ। नागढुङ्गा-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने उक्त स्थानमा पहिरो गएपछि राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार, पहिरोका कारण राजमार्गका सवारी आवागमन ठप्प भएको हो। सडक अवरोध हटाउने प्रयास भइरहेको र सडक सुचारु हुनासाथ थप सूचना जारी गरिने प्रशासनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *