दुर्गेश-प्रियंकाको गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी : शिक्षक पेसाको अपमान भएको दाबी
काठमाडौं। अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीत (प्रमोसनल सङ) विरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको छ।
उक्त चलचित्रमा समावेश ‘ताराबाजी लैलै’ बोलको गीतमा प्रयोग गरिएका शब्दहरूले समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाकै मानमर्दन गरेको भन्दै शुक्रबार मन्त्रालयमा लिखित उजुरी दर्ता भएको हो।
तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले उक्त निवेदन दिएका हुन्। उजुरीमा गीतमा प्रयोग गरिएका शब्दहरू अमर्यादित र संस्कृति भड्काउने खालको रहेको उल्लेख छ।
शिक्षण जस्तो मर्यादित पेसालाई अपमानित गर्ने उद्देश्यले तयार पारिएको भन्दै निवेदकले उक्त गीतमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।







डिसी नेपाल





Facebook Comment