साउनको पहिलो सोमबार भोलि: पशुपति क्षेत्रमा अझै देखिएन पूर्वतयारी
काठमाडौं। हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको साउन महिनाको पहिलो सोमबार भोलि (भदौ १ गते) बाट सुरु हुँदैछ। हरेक वर्ष साउनका सोमबारहरूमा भगवान् शिवको पूजा-आराधना र दर्शनका लागि पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।
तर, यस वर्षको पहिलो सोमबार सुरु हुन केही घण्टा मात्र बाँकी छँदा पनि पशुपति क्षेत्र विकास कोष परिसरमा खासै उत्साहजनक पूर्वतयारी देखिएको छैन। दर्शनार्थीहरूको सहज आवगमन र भीड व्यवस्थापनका लागि बनाइने आवश्यक लाम (लाइन), सूचना बोर्ड, सुरक्षा व्यवस्थाको चुस्त समन्वय, खानेपानी, स्वास्थ्य सहायता कक्ष जस्ता आधारभूत व्यवस्थापनका कामहरू अझै सुरु नभएको पाइएको छ।
साउने सोमबार मन्दिर परिसरमा अत्यधिक भीड हुने हुनाले समयमै तयारी पूरा नहुँदा भोलि आउने दर्शनार्थीहरूले सास्ती व्यहोर्नुपर्ने सम्भावना देखिएको छ।
तस्बिरः सक्षम घिमिरे/नेपाल न्यूज बैंक


















डिसी नेपाल





Facebook Comment