लगातार दोस्रो वर्ष ‘उत्कृष्ट डिलर अवार्ड’ प्राप्त गर्दै जेपी क्लासिक इन्टरनेशनल, धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित
कैलाली। धनगढीस्थित जेपी क्लासिक इन्टरनेशनल ले देशभरका डिलरमध्ये सबैभन्दा बढी कारोबार गरेको भन्दै प्रतिष्ठित ‘उत्कृष्ट डिलर अवार्ड’ प्राप्त गरेको छ।
कम्पनीले लगातार दोस्रो वर्ष पनि उक्त सम्मान जित्दै आफ्नो व्यावसायिक उत्कृष्टता कायम राख्न सफल भएको हो।
विराटनगरमा आयोजित पूर्वाञ्चल लुब्रिकेन्ट को २७औँ डिलर कन्फ्रेन्समा जेपी क्लासिक इन्टरनेशनलका सञ्चालक ठाकुर र उनकी धर्मपत्नी मधु पाठक ठाकुरलाई सम्मान गरिएको हो।
कार्यक्रममा पुर्वाञ्चल लुब्रिकेन्टका सञ्चालक भोलेश्वर दुलाल र प्रमुख अतिथि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले संयुक्त रूपमा प्रमाणपत्र, मेडल तथा नगद २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा सम्मान ग्रहणपछि सञ्चालक ठाकुरले यो सम्मान आफ्नो कम्पनी, ग्राहक, कर्मचारी र व्यावसायिक साझेदारहरूको साझा उपलब्धि भएको बताए।
उनले भने, ‘लगातार दोस्रो वर्ष देशकै उत्कृष्ट डिलरका रूपमा सम्मानित हुनु हाम्रो लागि अत्यन्त गौरवको विषय हो। यो अवार्ड मेरो एक्लो प्रयासको परिणाम होइन, सम्पूर्ण ग्राहक, कर्मचारी, व्यवसायिक साझेदार र परिवारको साथ तथा विश्वासको प्रतिफल हो। आगामी दिनमा पनि गुणस्तरीय सेवा, विश्वास र इमानदार व्यवसायमार्फत अझ उत्कृष्ट काम गर्दै ग्राहकको भरोसा कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
ठाकुर समूहले धनगढी र काठमाडौंमा अटोमोबाइल व्यवसायका साथै खाद्यान्न, जडीबुटी लगायत विभिन्न क्षेत्रमा सफल व्यवसाय सञ्चालन गर्दै आएको छ।
समूहले व्यावसायिक विश्वसनीयता, ग्राहकमैत्री सेवा र गुणस्तरीय उत्पादनमार्फत सुदूरपश्चिमको निजी क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
लगातार दुई वर्षसम्म राष्ट्रिय स्तरको ‘उत्कृष्ट डिलर अवार्ड’ जित्न सफल भएपछि व्यवसायिक क्षेत्रमा जेपी क्लासिक इन्टरनेशनलको प्रतिष्ठा अझ मजबुत बनेको छ।






डिसी नेपाल





Facebook Comment