महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक
कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।
मंगलबार बिहान नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा गाडी आवातजावतमा निषेध गरिएको हो।
दिउँसो १:३० बजेको मापनअनुसार महाकालीको जलस्तर बढेर एक लाख २४ हजार ४५४ क्युसेक पुगेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ।
सुदूर पहाडमा अझै पनि वर्षा भइरहेकाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै महाकाली आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा आगामी केही दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाउँदै साना नदी, खोला तथा नालाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन अपिल गरेको छ।






डिसी नेपाल





Facebook Comment