वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय, १४ जनामाथि थप कारबाही प्रक्रिया अघि बढ्दै
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरे विरुद्ध विभागीय कारबाही प्रक्रिया टुंग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ।
मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम विभागीय सजाय सम्बन्धी प्रक्रिया पूरा गरी यसअघि लोक सेवा आयोगको परामर्श मागिएको थियो। आयोगबाट प्राप्त परामर्शका आधारमा निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय लागू गर्ने निर्णय गरिएको हो।
मन्त्रालयका अनुसार सम्बन्धित कर्मचारीविरुद्ध आवश्यक विभागीय कारबाही सम्पन्न गरी सोको जानकारी लोक सेवा आयोगलाई गराइने जनाइएको छ।
यसैबीच, मन्त्रालय स्रोतका अनुसार यस्तै प्रकृतिका मुद्दामा थप १४ जना कर्मचारीविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढिरहेको र कानुनी प्रक्रिया पूरा भएपछि आवश्यक निर्णय गरिने तयारी रहेको बताइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment