‘१ दिनलाई ऋतिक बन्न पाए कंगनासँग माफी माग्थें’

डिसी नेपाल
१३ असोज २०७६ १५:५१

मुम्बइ। कंगना रनौत र ऋतिक रोशनको विवाद चलेको धेरै भइसक्‍यो। समयक्रम हेर्दा उनीहरूको विवाद र दन्तबझान टुङ्गिनुपर्ने हो तर त्यस्तो भइरहेको छैन। कंगनाले अवसर पाएसम्म आफ्ना पूर्व प्रेमी ऋतिकलाई घोचपेच गर्न पछि पर्दिनन्। उनी ऋतिकलाई खुलेरै घोचपेच गर्छिन्।

‘जजमेन्टल है क्या’ सिनेमाको रिलिज ताका ऋतिकका बारेमा खुबै बोलेकी कंगनाले हालै फेरि ऋतिकलाई निशाना बनाएकी छन्। कंगनाले आफू ऋतिक भएको भए कंगनासँग माफी माग्ने बताएकी छन्। एक कार्यक्रममा कंगनालाई एकदिनका लागि ऋतिक रोशन बन्न पाए के गर्नुहुन्थ्यो भनेर सोधेपछि कंगनाले यस्तो जवाफ दिएकी हुन्।

‘हामीबिच जे पनि भयो, हामी दुबैले एकअर्कालाई जे पनि गर्‍यौं, त्यसका लागि म कंगनालाई कल गर्छु र उसलाई म-मैले तिमीसँग जेजस्तो गरें, त्यसका लागि सरी भन्छु’, कंगनाले जवाफमा भनेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *