पार्टी एकतामा क्षति पुगे त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ: डा. शशाङ्‍क कोइराला

डिसी नेपाल
६ साउन २०८३ १६:५४
8
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं डा. शशाङ्क कोइरालाले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिहरूलाई समयमै सम्बोधन गरेर एकता जोगाउन नेतृत्वलाई चेतावनी दिएका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीपी कोइरालाको आदर्शलाई स्मरण गरे। बीपीले राजनीति सधैँ सत्ताका लागि नभई राष्ट्र र जनहितका लागि गरेको उल्लेख गर्दै उनले वर्तमान कांग्रेसजनले सोही मार्ग पछ्याउनुपर्नेमा जोड दिए। पार्टीभित्र चलिरहेको अस्वस्थ प्रतिस्पर्धा र आन्तरिक विवादले सङ्गठनलाई कमजोर बनाउँदै लगेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे।

नेता कोइरालाले आपसी आरोप-प्रत्यारोप त्यागेर संवाद र सहकार्यको माध्यमबाट अघि बढ्न सबैमा अपिल गरे। पार्टीभित्र चुलिँदो असन्तुष्टि हल गर्ने मुख्य जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताउँदै उनले कार्यकर्ताको भावना विपरीत गएर एकतामा आँच आउने स्थिति सिर्जना भए त्यसको सम्पूर्ण जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *