फेरि उकालो लाग्यो सुनचाँदीको भाउ, सुन तोलामा २,९१,३०० पुग्यो
काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो दिन बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको अद्यावधिक दररेटअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ। त्यसैगरी सेतो धातु चाँदीको मूल्य प्रतितोला चार हजार पाँच सय पाँच रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला चार हजार चार सय ८० रुपैयाँमा कारोबार भएको थियो। गत मङ्गलबार भने सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँ र चाँदी प्रतितोला चार हजार तीन सय ७० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार एक सय ३३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५९ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment