स्वास्थ्य बीमा बोर्डद्वारा पुससम्म २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीबापत अघिल्लो आर्थिक वर्षको बक्यौतासमेत गरी कुल २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको छ।
बोर्डले यसअघि नै उक्त आर्थिक वर्षको असोज, कात्तिक र मंसिर महिनासम्मका स्वीकृत दाबीहरूको रकम भुक्तानी गरिसकेको थियो।
पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाका स्वीकृत दाबीहरूतर्फको २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको छ।
यससँगै चालु आर्थिक वर्षको पुस महिनासम्मका सबै स्वीकृत दाबीहरूको भुक्तानी प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा बोर्डले आम नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ सेवा प्रदायक संस्थाहरूलाई गरिने दाबी भुक्तानी प्रक्रियालाई नियमित, पारदर्शी र चरणबद्ध रूपमा अघि बढाइरहेको स्पष्ट पारेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment