बाजुराको एकै डाँडामा प्रकृतिको दोहोरो रूप: एकातिर सेताम्मे झरना, अर्कातिर विनाशकारी कालो भेल

डिसी नेपाल
१० साउन २०८३ ११:३१

बाजुरा। बाजुरा जिल्लाको एकै डाँडामा प्रकृतिका दुई परस्पर विरोधी रूपहरू एकसाथ दृश्यमान भएका छन्।

निरन्तरको वर्षापछि आएको बाढीले त्यहाँको एउटा झरनालाई कालो भेलमा परिणत गरिदिएको छ। माटो, ढुङ्गा र लेदोसहित बगेको उक्त बाढीले आसपासका खेतबारी पुरेर किसानहरूले वर्षभरि गरेको मेहनत र अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ।

अचम्मको कुरा त के छ भने, सोही डाँडाको अर्को झरना भने सेताम्मे र कञ्चन पानीका साथ आफ्नो प्राकृतिक सौन्दर्यमा अविचल बगिरहेको छ।

एउटै स्थानमा एकातिर प्रकृतिको शान्त एवम् मनमोहक सौन्दर्य र अर्कातिर विनाशकारी शक्ति एकैपटक देखिनु जलवायुजन्य विपद्को जीवन्त यथार्थ हो। यस दृश्यले स्थानीय जनजीवन र कृषि क्षेत्रमा परेको गम्भीर प्रभावलाई एकै फ्रेममा स्पष्ट पारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *