कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई थप जिम्मेवारी

डिसी नेपाल
१० साउन २०८३ १८:३६

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रतिष्ठानअन्तर्गत रहेका विभिन्न उपसमितिको कार्यलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सहजीकरणको जिम्मेवारी बाँडफाँड गरेको छ।

प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले उपसमितिहरूको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जिम्मेवारी तोकिएको जनाएको छ।

बैठकमा पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारी पाएका पदाधिकारी तथा सदस्यहरूलाई यसलाई पार्टीको मुख्य दायित्वका रूपमा लिएर सक्रियतापूर्वक काम गर्न निर्देशन दिएका छन्।

उनले प्रत्येक उपसमितिले पार्टीको अवधारणा र अभियानसँग जोडिएर नागरिक सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए। साथै, कांग्रेसले नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयलाई पार्टीको नीतिगत एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरुङ तथा दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिका संयोजक डा. डी.बी. सुनारले आ–आफ्ना विषयगत अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए।

प्रतिष्ठानको अर्को बैठक भोली ११ गते बिहान ११ः३० बजे बस्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *