प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

डिसी नेपाल
१२ साउन २०८३ १८:११

काठमाडौं। भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाइसकिएको पुष्टि गरेको छ। विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रणधीर जैसवालले उक्त जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा हालै नेपाली अधिकारीहरूले गरेको भारत भ्रमण र प्रधानमन्त्री शाहको सम्भावित भारत यात्राका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता जैसवालले निमन्त्रणा गइसकेको स्पष्ट पारे। तर, भ्रमण कहिले हुने र कुन मितिका लागि निम्तो दिइएको हो भन्नेबारे भने उनले कुनै विस्तृत विवरण खुलाएनन्।

काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा स्थापित भएपछि राष्ट्रिय राजनीतिमा उदाएका बालेन्द्र शाह प्रधानमन्त्री बनेपश्चात् उनको पहिलो विदेश भ्रमणका रूपमा भारत यात्रालाई निकै चासोका साथ हेरिएको छ। दुवै देशका कूटनीतिक संयन्त्रहरूले भ्रमणको उपयुक्त समय र एजेन्डा तय गर्न आन्तरिक तयारी अगाडि बढाइरहेको बुझिएको छ।

भारतीय पक्षबाट औपचारिक निमन्त्रणा गइसकेको पुष्टि भएसँगै दुई देशबीचको उच्चस्तरीय भ्रमण र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा कूटनीतिक संवादहरू तीव्र हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *