बाँकेको कोहलपुरमा सेफ्टी ट्यांकीमा फसेर तीन मजदुरको मृत्यु

डिसी नेपाल
१३ साउन २०८३ १५:१४

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ९ बजेको समयमा दयाप्रसाद थारूको घरको आँगनमा निर्माण भइरहेको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा मजदुरहरू फसेका थिए। घटनाको जानकारी लगत्तै खटिएको प्रहरी टोलीले सेफ्टी ट्यांकी फोडेर हेर्दा तीनै जना मजदुर मृत अवस्थामा भेटिएका हुन्।

दुर्घटनामा परेर कोहलपुर नगरपालिका–३ का अन्दाजी ४०/४२ वर्षीय कालु थारू, सोही ठाउँका अन्दाजी २६/२७ वर्षीय प्रकाश थारू र अन्दाजी ३३÷३४ वर्षीय बिर्जा थारूको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरीले उद्धार कार्य तीव्र पारे पनि उनीहरूलाई बचाउन सकिएन। मृतकहरूको शव परीक्षण तथा अन्य प्रक्रियाका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउने काम भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *