सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत फेला
रुपन्देही। बाँकेको नरैनापुरमा सशस्त्र प्रहरी बलको ब्यारेकमाै एक हवल्दार मृत अवस्थामा भेटिएका छन्।
नरैनापुर गाउँपालिका–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको ब्यारेक कोठामा कैलालीको गौरीगङ्गा नगरपालिका–५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत फेला परेका हुन्। उनी आफू सुत्ने कोठाको पंखामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
बिहान अन्य प्रहरी कर्मचारीहरू सरसफाइका लागि बाहिर निस्किँदा ढकाल ननिस्किएपछि कोठामा गएर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी पाएसँगै पुगेको प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतितसिंह राठौरले शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने जानकारी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment