प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी चिफ बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ।
सीआईबीका अनुसार पन्तलाई बुधबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको हो। ब्युरोका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।
प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान तीव्र पारिएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार कर्जा रकमको दुरुपयोगसँग सम्बन्धित कसुरमा पन्तमाथि अनुसन्धान भइरहेको छ।
यसअघि यही प्रकरणमा सीआईबीले रुपन्देहीका ५८ वर्षीय शशिधर शर्मालाई पनि पक्राउ गरेको थियो। सोही घटनासँग सम्बन्धित थप अनुसन्धानका क्रममा सीआईबीले पन्तलाई समेत नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment