धनुषामा कर्फ्यु कायम: अत्यावश्यक सामग्री खरिदका लागि बिहान २ घण्टा खुकुलो

डिसी नेपाल
१५ साउन २०८३ ७:१९

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेशलाई निरन्तरता दिँदै सर्वसाधारणलाई अत्यावश्यक सामग्री खरिदका लागि बिहान ६:०० बजेदेखि ८:०० बजेसम्म समय सीमा तोकेको छ। उक्त दुई घण्टाको अवधिमा स्थानीयले घरबाहिर निस्किएर दैनिक उपभोग्य वस्तु खरिद गर्न सक्नेछन्।

प्रशासनका अनुसार कर्फ्यु जारी रहे पनि सर्वसाधारणको सुविधा र स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै अत्यावश्यक सेवाहरू भने निर्बाध सञ्चालन हुनेछन्।

अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोकेका सवारी साधन, ग्यास आपूर्ति र पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरणमा कुनै रोक लगाइएको छैन। त्यसैगरी हवाई सेवालाई समेत सुचारु राखिएको छ।

यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसका प्रतिनिधि, तीर्थयात्री, बिरामी तथा विमानस्थल आवतजावत गर्ने यात्रीहरूलाई सहज आवागमनको व्यवस्था मिलाइएको छ। उनीहरूले सम्बन्धित निकायबाट जारी भएको आधिकारिक परिचयपत्र वा हवाई टिकट देखाएर आवतजावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *