धनुषामा कर्फ्यु जारी भएपछि जयनगर-जनकपुर-भंगाहा रेल सेवा अनिश्चितकालका लागि स्थगन

डिसी नेपाल
१५ साउन २०८३ १०:१९

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगाहा खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा रोकिएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, जनकपुरधामले आज एक सूचना जारी गर्दै यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर अर्को आदेश नभएसम्मका लागि रेल सेवा स्थगित गरिएको जानकारी दिएको छ।

कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा हस्ताक्षरित सूचना अनुसार प्रमुख जिल्ला अधिकारीले जारी गरेको कर्फ्यु कायम रहेसम्म रेल सञ्चालन गर्न नसकिने स्पष्ट पारिएको छ।

रेल सेवा रोकिँदा यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै रेल्वे कम्पनीले परिस्थिति सामान्य हुनासाथ सेवा पुनः सुचारु गरिने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *