धनुषाको मन्दिरभित्र धारिलो हतियार प्रयोग गरी मारिएका पुरुषको शव फेला

डिसी नेपाल
१५ साउन २०८३ १०:४५

जनकपुरधाम। धनुषाको सबैला नगरपालिका-१२ स्थित एक मन्दिरभित्र बिहीबार करिब ४० वर्षीय पुरुषको बीभत्स अवस्थामा शव फेला परेको छ।

धनुषा प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहे पनि उनको घाँटी र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ।

घटनास्थल तथा मन्दिर परिसरभरि रगतका छिटाहरू फैलिएका छन्। स्थानीयवासीका अनुसार ती पुरुष लामो समयदेखि सोही मन्दिरमा बस्दै आएका र सहायक पुजारीका रूपमा कार्यरत थिए।

घटनाको खबर पाएलगत्तै धनुषा प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ। सुनसरीमा भएको हिंसात्मक घटनाका कारण धनुषामा पनि स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासनले विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेकै समयमा यो घटना सार्वजनिक भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *